कश्यपधाममा बालाचर्तुदशी पर्व मनाइयो

पाेखरा | मंसिर २५, २०८०

कश्यपधाममा बालाचर्तुदशी पर्व मनाइयो

पोखरा:   कास्की जिल्लाको उद्गम  तथा  धार्मिक पर्यटकीय स्थल  कश्यप तपोधाममा बालाचर्तुदशी पर्व धुमधामका साथ मनाइएको छ । 


पोखरा महानगरपालिका वडा नं २४ कास्कीकोट  स्थित धामको गरामा रहेको महाङकालेश्वर  मन्दिर परिसरमा हजारौँ भक्तजनको सहभागितामा सतबिज छरि बालाचर्तुदशी पर्व मनाईएको गुप्तकाली काश्यप धार्मीक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले जानकारी दिए । 


पर्वको अवसरमा कश्यप ऋषिले तपस्या गरेको धामको गरामा शिव ताण्डव नृत्य भजन नौमती वाजा समेत प्रर्दशन गरिएको थियो । विभिन्न ध्वजापताका र रंगरोगनले सजिएको मन्दिरमा बिहानै देखि भक्तजनको भिड लागेको थियो ।  सतबिज छर्न कास्की स्याङजा पर्वत तनहु बागलुङ देखि  भक्तजनको भिड लागेको थियो । 


त्यस क्षेत्रमा सतबिज छर्न विभिन्न जिल्लाबाट भक्तजन आउने गरेको स्थानीय तारापति सुवेदीले  जानकारी दिए । सदबिज छर्नाले पितृ उद्घार हुने धार्मिक जनविश्वास रहेको छ । 


पोखराको दृश्य सहित मनोरम अन्नपुर्ण हिमश्रृंखला र माछापुच्छ«ेको दृश्य नजिकैबाट देख्न सकिने उक्त क्षेत्रमा दिनहुँ सयौं पर्यटक पुग्ने गरेका छन् । यस क्षेत्रमा कश्यप ऋषिले तपस्या गरेकाले पुराना कास्की हुदै कास्की जिल्लाको नामाकरण रहेको किंमदन्ती पाइन्छ । 
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्